त्रिभुवन विमानस्थलमा विमान दुर्घटना, घाइतेको उद्धार कार्य जारी


 


काठमाडौं, फागुन २८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा भएको विमान दुर्घटनामा १४ जनाको उद्धार गरिएको छ । उनीहरुको केएमसी र नर्भिक अस्पतलामा उपचार भइरहेको बताइएको छ ।

विमानस्थलमा अहिले उद्दार कार्य जारी छ भने उडान रोकिएको छ । विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार चालक दलका चार सदस्यसहित ७१ जना थिए ।

बंगलादेशको ढाकाबाट आउँदै गरेको उक्त विमान अवतरणका क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको नागरिक  विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले पुष्टि गरे ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्