विमान दुर्घटनामा ३६ जनाको शव निकालियो, मृतकको संख्या अझै बढ्न सक्ने


 


काठमाडौं, फागुन २८
अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस एयरको विमान दुर्घटनामा परि ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दुर्घटना स्थलबाटै २८ जनाको शव निकालिएको छ भने उद्धार गरिएकामध्येबाट आठ जनाको मृत्यु भएको छ ।
यसअघि ३१ जनाको उद्दार गरिएको थियो ।

उद्धारको काम जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । घाइतेहरुको अहिले काठमाडौंका केएमसी, नर्भीकलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्