बिमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो, २२ जना घाइते


 


काठमाडौं, फागुन २८
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज भएको यूएस बंगलाको विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या ४९ पुगेको छ । प्रहरीले यसको पुष्टि गरेको छ ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

कुल ६७ यात्रु र ४ जना चालक दलका सदस्य गरी ७१ जना रहेको उक्त बिमानमा आगलागी हुँदा ४० जनाको शव फेला परेको थियो भने केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा ८ जना र शिक्षण अस्पतालमा उपचारको क्रममा १ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि २२ जना घाइते भएका छन् । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्