ग्यास बुलेट त्रिशूलीमा खस्यो, चालकको मृत्यु


 


चितवन, फागुन २९

मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नंको ग्यास बुलेट त्रिशूली नदीमा गए राति खस्दा भारतीय चालकको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ । रासस

 

प्रकाशित मिति: २९ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्