उत्तर कोरियाली नेतालाई भट्नुअघि ट्रम्पलाई दिइयो यस्तो सुझाव


 


वासिङ्टन, संयुक्त राज्य अमेरिका, फागुन २९

अमेरिकी गुप्तचर निकाय सिआइएका निर्देशक माइक पोम्पेओले उत्तर कोरियाली नेता किम जङ अनलाई भेट्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको बचाउ गर्दै सोमबार उहाँले वार्ताका लागि उत्तर कोरियालाई थप नयाँ शर्त तेर्साउनु नहुने बताउनुभएको छ ।

उहाँले वार्तामा रहेका जोखिमप्रति राष्ट्रपति ट्रम्प अनभिज्ञ नरहेको बताउनुभयो । अमेरिकी फक्स समाचार संस्थासँग आइतबार कुरा गर्दै उहाँले भन्नुभयो, ‘वार्ता नाटकका लागि नभई’ समस्या समाधान गर्न गरिन लागेको पोम्पेओको दावी छ ।

पोम्पेओले भन्नुभयो, राष्ट्रपति ट्रम्पले शिखर बैठकले ‘विश्वका लागि महान सम्झौता’ दिलाउन सक्नुहुनेछ ।
तर आलोचकहरूले चाँहि वार्ता ठिक ढंगले अघि नबढे दुई देशहरू पहिले भन्दा झन खराब अवस्थामा पुग्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

क्लिनटनको आलोचना 

अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्वअमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले एक दिन पहिले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको खतरा महशुस नगरेको बताउनुभएको थियो ।

उहाँले उक्त वार्तालाई मध्यस्थता गने अनुभवी कूटनीतिज्ञको चयन गर्न वासिङ्टनले आवश्यक तयारी नगरेको बताउनुभयो ।
पूर्वविदेशमन्त्री क्लिन्टनले डच पत्रिका अल्गेलिन ड्यागब्लाडसँगको अन्तर्वार्तामा भन्नुभयो, “यदि तपाईं किम जोङ अनसँग आणविक हतियारका विषयमा वार्ता गर्न चाहन्छ भने अनुभवी कूटनीतिज्ञको खाँचो छ ।” क्लिन्टनले पछिल्लो समय अमेरिकी विदेश विभागलाई कमजोर बनाइएको छ जसका कारण उत्तर कोरियाली विषयमा वार्ता गर्न विभागमा विशेषज्ञको अभाव छ भन्नुभएको थियो ।

यसपूर्व संयुक्त राष्ट्रसंघका लागि पूर्वअमेरिकी राजदूत बिल रिचार्डसनले पनि उत्तर कोरियासँग वार्ता गर्ने कुरा ‘टेलिभिजन कार्यक्रममा कुरा गरेजस्तो’ नभएको भन्ने प्रतिक्रिया दिनुभएको थियो ।

यो वास्तविक मौका हो । मलाई राष्ट्रपति वार्ताका लागि आवश्यक तयारी नगरेको तथा अनुशासनहीनता देखेर दुःख लागेको छ, रिचार्डसनले यसै सन्दर्भमा गत शुक्रबार एएफपीसँगको वार्तामा बताउनुभयो ।

प्योङयाङसँगको वार्ता एक तरङ्गी नेतासँग गरिने वार्ता हो जससँग कम्तिमा २० आणविक हतियार छन् र यसको आडमा अमेरिकालाई धम्की दिइराखिएको छ ।”  रासस÷एपी

प्रकाशित मिति: २९ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्