नगरप्रमुखमाथि भएको आक्रमणको विरोधमा घोडाघोडी बन्द (विज्ञप्तिसहित)


 


धनगढी, फागुन २९
कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले आक्रमण गरेको बिरोधमा घोडाघोडी बन्द आह्वान गरेको छ ।

एमालेको भातृ संगठन युवा संघ नगर कमिटी घोडाघोडीले सुखड आक्रमणकारीको पहिचान गरी काडा कार्वाहीको माग गर्दै बजार बन्दको आह्वान गरेको हो ।

उसले चौधरी माथी आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न दबाब दिन बन्दको आह्वानको अनेरास्ववियुका कैलाली जिल्ला सदस्य सनेश शाहीले जानकारी दिए ।

नगरप्रमुख चौधरीमाथि सोमबार राति घरमै बसिरहेको अवस्थामा गोली र खुकुरी प्रहार गरेको थियो । गम्भीर घाइते चौधरीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको छ ।

यस्तो छ, विज्ञप्ति…

प्रकाशित मिति: २९ फाल्गुन २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्