बोक्सी आरोपको अर्को घटना सार्वजनिक, आफ्नै आमाबाट विद्यालयमै कुटिइन् किशोरी !


 


गोरखा, फागुन ३०
‘बोक्सी बकाउने’ भन्दै गोरखा घैरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ । सहिद लखन गाउँपालिका–६, बाँसकोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

जनुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानकीमाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए। अन्नपूर्णमा खबर छ ।

‘बिहान ११ बजे दोस्रो पिरियडको कक्षा चलिरहेको थियो । जानुका एक्कासी बिरामी भइन्’, घटना वर्णन गर्दै श्रेष्ठले भने, ‘हामीले उनकी आमालाई बोलायौं । आमा आउनुभयो । एक जनाले जानुकाको खुट्टा समाते । आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।’

विद्यालयको आँगनमा १५ मिनेटजति कुटेपछि विद्यालयले उनीहरूलाई बाहिर निकालेको उनले बताए । बिरामीलाई कुट्दा बोक्सीले सजाय पाउने अन्धविश्वास गाउँमा रहेको उनको भनाइ छ ।

विद्यालयले कम्पाउन्डबाहिर निकालेपछि आमाले छोरीलाई गाउँपालिकाको कार्यालय परिसरमा लगेर फेरि कुटपिट गर्न थालिन् ।

गाउँपालिकाको स्वास्थ्यचौकी, पशु सेवा कार्यालय, कृषि सेवा कार्यालयको आँगनमा राखेर धेरैबेर लुछ्दै कुट्दै गरेको प्रत्यक्षदर्शीले बताए । ‘आमा झाँक्री, छोरी बोक्सी बनेर एक घण्टा सवालजवाफ भयो’, स्थानीय भावना श्रेष्ठले भनिन्, ‘तँ को होस् रु भनेर आमाले सोधिन् । जानुकाले मखना हुँ भनिन् । तेरो कति छोराछोरी रु भनेर आमा सोध्ने, छोरीले भन्ने । यस्तै कुट्दै सोध्दै गर्दा गाउँका ३०÷३५ जना भेला भए ।’

आमाले मात्र कुटपिट गरे पनि सघाउनेमा अरू चार÷पाँच जना रहेको बताइएको छ । तर, सहयोगीको नाम भने खुलाइएको छैन । बोक्सी बकाउने क्रममा आमा पार्वतीले ताङ्लिचोकका एक झाँक्रीसँग टेलिफोनमा प्रश्न सोध्ने गरेको पनि प्रत्यक्षदर्शीले बताए ।

झाँक्रीले जे जे सोध भनेको छ, जे जे गर भनेको छ, त्यही सोधेको, त्यही गरेको आमा पार्वतीले त्यहाँ उपस्थित भएकालाई सुनाएकी थिइन् । तर, झाँक्रीको नाम भने खुलाइएको छैन।

प्रकाशित मिति: ३० फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्