नयाँ नेतृत्वबारे ओली–नेपालबीच भयो यस्तो सहमति



काठमाडौं, चैत २
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनमा उम्मेदवारको भागवण्डा, पार्टीबाट समानुपातिक उम्मेदवाको सिफारिस पार्टी एकीकरणमा पार्टी एकता संयोजक समितिको सदस्यमा रहेर भूमिका निर्वाह गरेका महासचिव इश्वर पोखरेल अर्थमन्त्रीमा आकांक्षा देखाएका थिए ।

तर पार्टीभित्र गुट चलाउँदै आएका वरिष्ठ नेता माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी ओलीबीच भएको सहमतिअनुसार महासचिव पोखरेललाई रक्षामन्त्री बनाइएको बताइएको छ ।

नेपाल र उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने पक्षमा उभिएका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

लगत्तै ओली र नेपालबीच पार्टी एकीकरण भएपछि बन्ने एकीकृत पार्टीको भावी अध्यक्षमा माधव नेपाललाई अगाडि सार्ने समहतिपछि खनाल राष्ट्रपतिको रिङबाट आउट भएका थिए ।

ओली र नेपालबीच भएको समहतिअनुसार ओलीपछिको दोस्रो नेताको रुपमा नेपाललाई अगाडि सारिने भएको छ । पार्टीमा जिम्मेवारी ओलीपछि रहेका महासचिव पोखरेललाई रक्षामन्त्री बनाएपछि नेपाल सक्रिय भएको बताइएको छ ।

भावी अध्यक्षको रुपमा ओलीले नेपाललाई अगाडि सार्ने समहतिअनुसार नेपालले नवौ महाधिवेशनदेखि सञ्चालन गर्दै आएको गुट ओली पक्षसँग मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
© 2018 Deshko News