मन्त्रिमण्डल विस्तार, थपिए ११ मन्त्री र चार राज्यमन्त्री


 


काठमाडौं, चैत २
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबाट मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधामन्त्री ओलीले एमालेबाट ६ र माओवादी केन्दैबाट पाँच मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गरेका हुन् ।

साथै ओली सरकारमा चार राज्यमन्त्री पनि नियुक्त भएका छन् । यससँगै ओली सरकार २२ सदस्यीय बनेको छ ।
ओली सरकारमा परराष्ट्रमन्त्रीमा एमाले सचिव प्रदीप ज्ञवाली, अर्का सचिव गोकर्ण विष्ट श्रम तथा रोजगार मन्त्री बनेका छन् ।
यस्तै रविन्द्र अधिकारीलाई पर्यटन, रघुवीर महासेठ भौतिक पुर्वाधार, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । गिरिराजमणि पोखरेल शिक्षामन्त्री बन्दा पूर्वगृहमन्त्री समेत रहेका शक्ति बस्नेतले वन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै चक्रपाणि खनाल कृषि तथा शहकारी र विना मगर खानेपानी मन्त्री बन्ने भएकी छन् । यसअघि नै मन्त्री भइसकेका लालबाबु पण्डितको मन्त्रालय हेरफेर गरेर उनलाई संघीय मामिला तथा सामाज्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघि उनी वातावरण मन्त्रालयको जिम्मेवारीमा थिए । यसैगरि चार राज्यमन्त्री पनि नियुक्त भएका छन् ।

एमालेबाट गोकुल बास्कोटा सञ्चार राज्यमन्त्री, यस्तै एमालेकी पद्मा अर्याल स्वाथ्य राज्य, एमालेकै धनबहादुर बुढा पर्यटनराज्य र माओबादी केन्द्रकी रामकुमारी चौधरी कृषि राज्यमन्त्री बनेकी छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलो आजै सपथ लिएका छन् ।

प्रकाशित मिति: २ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्