राष्ट्रियसभा उपाध्यक्षका लागि आज निर्वाचन, दाहालको जित पक्का


 


काठमाडौँ, चैत ४
राष्ट्रियसभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदैछ। दिउसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने राष्ट्रियसभा बैठकबाट उपाध्यक्ष चयन गरिदैछ ।

उपाध्यक्षका लागि वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शशीकला दाहाल र कांग्रेसका तर्फबाट विन्दादेवी आले रानाले उम्मेदवारी दिएका छन्।

बैठकमा उम्मेदवारको नाम निर्णयार्थ पेश गरिनेछ भने मत विभाजनद्वारा उपाध्यक्ष चयन हुनेछ। ५९ सदस्यीय राष्ट्रियसभाको उपाध्यक्षका लागि ३० मत प्राप्त गर्नुपर्छ । यसको अर्थ राष्ट्रियसभामा दुई तिहाई रहेको वाम गठबन्धनकी उम्मेदवार दाहालको जित पक्का छ ।

राष्ट्रियसभामा एमालेका २९ र माओवादी केन्द्रका १३ सदस्य छन्। कांग्रेसका पनि १३ नै सदस्य राष्ट्रियसभामा छन्। त्इस्तै, मधेशी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका दुई÷दुई सदस्य छन्।

प्रकाशित मिति: ४ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्