सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दे प्रधानमन्त्री ओली


 


काठमाडौं, चैत ७
आज प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दैछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबामा बिहान ११ बजे प्रदेश सरकारका समस्याबारे प्रधानमन्त्रीले मुख्यमन्त्री र प्रदेशका प्रमुख सचिवसँग छलफल गर्न लागेका हुन्।

कर्मचारी अभाव, क्षेत्रीय कार्यालय खारेजलगायतका विषयमा छलफल हुने छ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका काममा अहिले चार किसिमका समस्या रहेको बताए।

‘पहिलो कुरा कानुन नै छैन, धेरै कानून संघीय संसदले बनाउनु पर्छ, दोस्रो पूर्ववर्ती सरकारले क्षेत्रीय संरचनालाई यथावत् राखेकाले समस्या आएको छ,’ मुख्यमन्त्री राईले भने, ‘ तेस्रो कुरा कर्मचारीको अभाव छ र हामीसँग बजेट पनि छैन।’

केन्द्र र प्रदेशको भूमिकाबारे पनि छलफल गर्न प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूलाई सिंहदरबार बोलाएका हुन् ।

‘प्रदेशमा भएका समस्या समाधान गर्न केन्द्र सरकार र प्रदेश सरकारले के के गर्नुपर्छ भनेर छलफल गर्न प्रधानमन्त्रीले बोलाएका हुन् । छलफलमा प्रदेशका मुख्यमन्त्रीसँगै, मुख्य न्यायाधिवक्ता र प्रदेशका प्रमुख सचिव पनि उपस्थित हुनेछन् ।

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्