पर्सामा फेरि अर्की बालिका बलात्कारको सिकार


 


वीरगंज, चैत ७
पर्साको पटेर्वा सुगौली गाउँपालिका ५ निचुटामा १० वर्षीया नाबालिकामाथि बलात्कार भएको घटना सेलाउन नपाउँदै अर्की बालिका बलात्कारको सिकार भएकी छन् ।

घरमा कोही नभएका मौका छोपी छिमेकी एक युवकलाई १२ वर्षीया नावालिकालाई बलात्कार गरेको पर्सा प्रहरीले जनाएको छ। बालिका बलात्कार गरेको आरोपमा पर्सागढी नगरपालिका–३ झबराहाका स्थानीय सीताराम पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

अभिभावक थाहा पाएपछि तत्कालै प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका पौडेललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

पीडित बालिकाको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। दुई साताअघि मात्रै पनि जिल्लाको पर्सागढी नगरपालिकामा १० वर्षीया बालिकामाथि बलात्कार भएको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्