होटल फुङलिङ इको भ्यू पोइन्टमा आगलागी


 


ताप्लेजुङ,
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा रहेको होटल इको भ्यु पोइन्टमा आज बिहान आगलागी भएको छ ।

सदरमुकाम प्रबेशद्वार नजिकै रहेको होटलमा बिहान पौने ६ बजे आगो लागेको हो । अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

आगलागीले होटलको माथिल्लो तला पूर्ण रुपमा नष्ट भएको छ । रेष्टुरेण्ट र किचन जलेको छ ।

क्षतिको विवरण भने आउन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीले बिद्युत सर्ट आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्