पूर्वमन्त्री भट्टले भने– पैसा खाएको प्रमाणित भए राजनीति छोड्छु


 


धनगढी, चैत ९
नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश इन्चार्ज पूर्वमन्त्री लेखराज भट्टले आफूमाथि कैलालीमा सुकुम्बासीलाई दिइएको जग्गाबाट पैसा खाएको भन्ने आरोप प्रमाणित भए राजनीति नै नगर्ने बताएका छन् ।

आफूमाथि लागेको आरोपको खण्डन गर्न अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री भट्टले केही मिडियाले आफूमाथि पूर्वाग्रही ढंगले दुष्प्रचार गरेको बताए ।

कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भट्टले सो स्थानबाट एक रुपैयाँ पनि लगेको प्रमाणित गरेमा राजनीति जीवन नै छोड्ने बताए ।

उनले भ्रम समाचार सम्प्रेषण गरेर कसैको व्यक्तिगत जीवनमा आँच आउने काम नगर्न पनि सञ्चारमाध्यमलाई आग्रह गरे ।

नेता भट्टले सुकुम्बासीलाई पैसा खाएर जग्गा उपलब्ध गराउन मदत गरेको भन्ने समाचार केही दिनअघि सञ्चारमाध्यममा आएको थियो ।

प्रकाशित मिति: ९ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्