अमेरिका हिँडेका चार सय युवा महिनौंदेखि बाटोमै अलपत्र


 


काठमाडौँ, चैत ११
मानव तस्करलाई लाखौँ रकम दिएर अमेरिका जान स्थलमार्गबाट हिँडेका सयौं नेपाली महिनौदेखि बाटामै अलपत्र परेका छन् । मानव तस्करको पछि लागेर अमेरिका हिँडेका सयौँ नेपालीको ब्राजिल र कोलम्बियासहितका देशमा बिचल्ली भएको हो ।

अमेरिका पुर्‍याउने आश्वासनसहित ती नेपालीसँगै हिँडेका तस्करहरु पैसा लिएर बाटैबाट भागेपछि बिजोग भएको हो । निकरागुवा, कोलम्बिया, बुल्गेरिया, कोस्टारिका, पेरु र मेक्सिकोसहितका ल्याटिन अमेरिकी देशसम्म पुगेका नेपाली ठाउँ ठाउँमा अलपत्र परेका हुन् । अन्नपूर्णमा खबर छ ।

मानव तस्करले अलपत्र पारेका ४० नेपाली निगरागुवामा र ३५० जना कोलम्बियामा २७ महिनादेखि अलपत्र रहेका पीडितहरुले बताएका छन् । अन्य देशमा समेत धेरै नेपालीको विचल्ली भएको छ ।

अलपत्र नेपालीले नेपाल सरकार र नेपाली सञ्चार माध्यमलाई आफुहरुको उद्धारको लागि पहल गरिदिन गुहार गरेका छन् । अधिं‌कांश नेपाली अबैधरुपमा पसेकाले ती देशमा बन्दी जीवन बिताइरहेका छन् ।

अन्य नेपाली भने अमेरिका छिर्न नसक्दा र फर्कन पनि नसक्दा लामो समयदेखि लुकेर बसिरहेका छन् । कतिखेर एजेण्डा आउँछ र लगेर जान्छ भन्दै होटलमा थुनिएर बसिरहेका नेपालीको झन् बिजोग भएको छ ।

अमेरिका पुग्ने आशमा हिँडेका दीपेन्द्र घर्तीले आफू बोलिभिया हुँदै ब्राजिलबाट कोष्टारिका पुगेर अलपत्र परेको बताए । उनले कोष्टारिकासम्म पुग्न एजेण्टहरु राजेन्द्र अधिकारी र नारायण रेग्मीलाई तीन हजार अमेरिकी डलर तिरिसकेको बताए ।

प्रकाशित मिति: ११ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्