कांग्रेस नेता खुमबहादुर खड्काको निधन


 


काठमाडौं, चैत १६
भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा रहेका कांग्रेस नेता खुमबहादुर खड्काको निधन भएको छ ।

अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा खडकाको निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । दाङ स्थाई घर भएका खड्का लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

प्रकाशित मिति: १६ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्