आर्थिक कार्यविधि ऐन पारित


 


विराटनगर, १९ चैत ।  १ नं. प्रदेशसभाको सोमबार बसेको बैठकले आर्थिक कार्यविधि ऐन पारित गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले गत चैत १४ गतेको बैठकमा प्रदेश आर्थिक विधेयक प्रदेशसभामा पेस गर्नुभएको थियो ।

सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले बाढीपीडितहरुको समस्या समाधान गर्न माग गर्नुभएको थियो । सांसदहरु विद्या कार्की, मोहनकृष्ण खड्का, यशोदा अधिकारी, झलकबहादुर मगर, विमल कार्की र सावित्रा रेग्मीले प्राकृतिक प्रकोपका कारण समस्यामा परेका जनताहरुको समस्या समाधान गर्न प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभएको थियो । प्रदेशसभाको अर्काे बैठक चैत २८ गते बस्नेछ ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्