मञ्जुलले यसरी पोखे साथीको वेदना


 


उर्लाबारी (मोरङ), १९ चैत । मोरङको उर्लाबारीका मुर्तिकार मञ्जुल मितेरीको ‘आज मेरो साथीले’ बोलको गीत सार्वजनिक गरेका छन् । उनकै शब्द,संगीत र गायन रहेका उक्त बोलको गीत सोमबार सार्वजनिक भएको हो ।

जापानमा विश्वकै ठूलो बुद्धको मुर्ति निर्माण गरिरहेका मितेरीले नेपाल आएको बेला उक्त गीत रेकर्ड गराएका थिए । उनी गायनसँगै शब्द र संगीतमा पनि दख्खल राख्छन् । उनी यी विधाबाहेक साहित्यमा पनि सक्रिय छन् । उनले अर्काको देशमा पुस्तकसमेत प्रकाशन गरिसकेका छन् । उनले उसु खेलका प्रशिक्षकसमेत हुन् । उनले बिसं.२०८४ सालभित्र विश्व प्रशिद्ध ब्यक्तिका एक हजार मुर्ति राष्ट्रलाई दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति: १९ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्