अबैध खानी बन्द गर्न नगरपालिकाको पत्र


 


काठमाडौं, चैत २०
बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको छ।

लामो समयदेखि अनुमतिबिना खानी सञ्चालन भएको खुलासा भएपछि नगरपालिकाले बन्द गराउन पत्र काटेको हो। नागरिक दैनिकमा खबर छ ।

आइतबार नागरिक दैनिकमा उक्त समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयले तत्काल बैठक बसेर खानी बन्द गर्न नगरपालिकाको ध्यानाकर्षण गराएकोे थियो।

जिल्ला प्रशासन कार्यालयले ‘साइनिङ बालुवा वासिङ सेन्टर’ बन्द गराउन मौखिक निर्देशन दिएलगत्तै मेयर गजेन्द्र महर्जनले दर्ता प्रक्रिया अघि बढिसकेको बताएका थिए। उनले सबै प्रक्रिया पूरा भएकाले दर्ता नरोकिने बताएका थिए।

प्रकाशित मिति: २० चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्