रङ्गभेद विरोधी अभियन्ता मण्डेलाको निधन, प्रशंसकद्वारा शोक व्यक्त


 


वासिङ्टन, चैत २१

रङ्गभेद विरोधी अभियन्ता तथा स्वर्गीय नेल्सन मण्डेलाकी पूर्व पत्नी विनी मण्डेलाको सोमबार निधन भएको छ । उहाँ ८१ बर्षकी हुनुहुन्थ्यो ।

“रङ्गभेद विरोधी अभियानका नेतृ तथा दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी पूर्वपत्नी विनी मण्डेलाको जोहानेसवर्ग अस्पतालमा उपचारका क्रममा निधन भएको छ,” मण्डेलाका प्रवक्ता भिक्टर ड्लामिनीले एक विज्ञप्ति जारी गरी बताउनुभयो ।

मण्डेलाको निधनपछि मङ्गलबार विश्वभरबाट उहाँको योगदानलाई सम्झिँदै उहाँको निधनप्रति उहाँका प्रसंशक तथा शुभेच्छुकले सामाजिक सञ्जारमार्फत् शोक व्यक्त गरेका छन् ।

एक प्रशंसकले आफ्नो ट्वीटर पेजमा लेखेका छन्, “एक साहसी आमा तथा प्रसिद्ध रङ्गभेद विरोधी अधिकारकर्मीको निधन भएको छ । उहाँको योगदानलाई राष्ट्रबासीले सधैँ सम्झिरहनेछन् । हामी विनी मण्डेलालाई सम्मान गछौँ । उहाँको आत्मले शान्ति पाओस् । हामी विनीलाई राष्ट्रमाताका रूपमा सधैँ सम्झिरहने छौँ ।” रासस÷एएनआई

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्