सञ्चार क्लबले सुचना प्रविधि तालिम गर्ने


 


उर्लाबारी (मोरङ), २१ चैत्र । सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजना तथा उर्लाबारी नगरपालिकाको सहयोगमा दुई दिने सूचना प्रविधि तालिम सञ्चालन गरिने भएको छ ।

क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । तालिममा पूर्वी मोरङका पत्रकारहरुको सहभागिता रहने जनाइएको छ । यसैबीच नयाँ बर्ष २०७५ को अवसरमा मिक्लाजुङ गाउँपालिकाको सहयोगमा मिक्लाजुङ वडा नं. ७ को बेतिनीमा बाढी पिडितहरुका लागि स्वास्थ्य शिबिरका साथै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरिएको छ । त्यस्तै, नयाँ बर्षको क्यालेण्डर प्रकाशनबाट बचत भएको रकमबाट पत्रकार उपचार कोष स्थापना गर्ने निर्णय भएको जनाईएको छ ।

प्रकाशित मिति: २१ चैत्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्