बागमतीबाट २२ हजार मेगावाट विजुली


 


हेटौडा, चैत २२

बागमतीको पानीदेखि आगामी असारबाट २२ मेगावाट बिजुली उत्पादन हुने भएको छ । भीमफेदी गाउँपालिका–८ ईपापञ्चकन्यामा २२ मेगावाट क्षमताको बागमती जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो ।

माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको सुरुङ, बाँध निर्माण र पावर हाउस सिभिलतर्फको काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरिरहेको छ । अन्नपूर्णमा खबर छ ।

कम्पनीका प्रोजेक्ट म्यानेजर अनुप न्यौपानेले आयोजनाको ८० प्रतिशत निर्माणकार्य सकिएको बताए । ‘२०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ’, उनले भने, ‘आयोजनाको २ हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङको ब्रेक थ्रू गरिसकेका छौं ।’ आयोजनामा एक सय ५० नेपालीसहित ४ सय बढी कामदारले रात÷दिन काम गरिरहेका न्यौपानले बाताए ।

चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङ र नेपाली कम्पनी साउथ एसियनले २०७२ वैशाखबाट निर्माण थालेका थिए । आयोजनामा सिभिलततर्फ १ अर्ब २९ करोडसहित कुल चा अर्ब लगानी रहेको छ ।

प्रतिसेकेन्ड १२ दशमलव ४ क्युसेक पानी पठाउने गरी ३ दशमलव ७ मिटर चौडा र ३ दशमलव ८ डायोमिटरको सुरुङ निमार्ण गरिएको छ ।

बागमती र कोगटेको पानी इपा पञ्चकन्या दोभानमा १० देखि १३ मिटर उचाइको बाँध निर्माण गरी सुरुङमार्फत् बगरबेंसीस्थित पावर हाउसमा पु¥याउने कम्पनीको योजना छ ।

निमार्णाधीन बाँधबाट पावर हाउस (विद्युत् गृह) भने २ हजार ४ सय ४० मिटरको दूरीमा छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्