प्रधानमन्त्री ओली भारत प्रस्थान, विदाईमा को–को पुगे विमानस्थल ?


 


काठमाडौं, चैत २३
प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।
नेपाल वायु सेवा निगमको निजी विमानबाट प्रधानमन्त्री ओली ५४ सदस्यीय टोलीसहित बिहान ९ बजे भारत प्रस्थान गरेका हुन् ।

भ्रमण दलमा पत्नी राधिका शाक्यलगायत छन् । ओली भारत प्रस्थान गर्नुअघि सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष, रक्षा मन्त्री ईश्वर पोखरेल, एमाले उपाध्यक्ष वामदेव गौतम, सुरक्षा निकायका प्रमुखहरुलगायतले विमानस्थलमा विदाइ गरेका थिए ।

प्रधानमन्त्री ओली भारतको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पौने एघार बजे अवतरण गर्नेछन् । ओली तीन दिने भारत भ्रमण सकाएर आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: २३ चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्