प्रधानमन्त्री ओलीलाई विद्यावारिधिको उपाधि


 


काठमाण्डौ, २५ चैत । भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आईतबार मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ ।

विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरणमार्फत भारतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान गरेको विश्वविद्यालयसँग नेपालले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।

गोविन्दबल्लभ पन्त कृषि एवं प्रविधि विश्वविद्यालयले आफूलाई उपाधि प्रदान गरेर नेपाल–भारतबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याएको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा विश्वविद्यालयस्तरको सम्बन्धलाई पनि अझ प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २५ चैत्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्