श्रीनिवासाचार्य गोली प्रकरणः प्रमसँगको भेट र गृहमन्त्रीको सम्बोधनलगत्तै आक्रमण !


 


काठमाडौं, चैत २६
हिन्दु धर्मावलम्बी संघसंस्थाका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर असुरक्षाको बिषयमा जानकारी गराएको एक साता नबित्दै हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको छ।

गृहमन्त्री रामबहादुर थापा बादललेसमेत ओलीलाई भेटेकै भोलीपल्ट चैत १९ गते गृह मन्त्रालयमा सुरक्षा कार्ययोजना प्रस्तुत गर्नेक्रममा मुलुकभित्र जातीय र धार्मिक विद्वेश फैलाउने तत्व सक्रिय भएको बताएका थिए। अन्नपूर्णमा खबर छ ।

आफ्नो सुरक्षा माग गर्दै दुईदर्जन बढी धार्मिक संस्थाका प्रमुखले प्रधानमन्त्रीलाई भेटेको र गृहमन्त्रीले सुरक्षाका बिषयमा गम्भिर चिन्ता प्रकट गरेको एकसातामै धर्म गुरुमाथि साँघातिक आक्रमण भएको छ।

उक्त घटनापछि हिन्दू धर्मावलम्बी दुई दर्जनभन्दा बढी संघसंस्था र तिनका प्रमुखहरुले सरकारको चरम उपेक्षाको परिणाम भएको र घटना गराउनेले नेपाली समाज भाँड्न खोजेको गम्भीर आरोप लगाएका छन्।

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्