विराट गोल्डकपको उपाधी थ्रिस्टार क्लबले जित्यो


 


विराटनगर, २६ चैत । विराटनगरमा सम्पन्न विराट गोल्डकप फुटवल प्रतियोगिताको उपाधि थ्री स्टारको पोल्टामा गएको छ । सोमबार राती सम्पन्न प्रतियोगिताको फाईनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ – ० गोल अन्तरले हराउँद्र थ्रिस्टारले उपाधि जितेको हो ।

थ्रिस्टारका लागि अनन्त तामाङले एक गोल गरेका थिए भने बिमल घर्तिमगरले दुई गोल गर्दै जित आफ्नो पक्षमा परेका हुन । पटक पटक पाएको मौकाको सदुपयोग गर्न नसकेको त्रिभुवन आर्मीले विराट गोल्डकपको फाईनलमा लज्जास्पद हार ब्यहोरेको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्