माछापुच्छ्रे बैंक लिमिटेडद्वारा शैक्षिक क्षेत्रमा सहयोग


 


काठमाडौं, चैत २६
माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ ।

शनिबार एक कार्यक्रमका विच बैंकले मातृभूमि महिला समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पिडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिना सम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी १,५०,०००।– आर्थिक सहयोग प्रदान गरेको छ ।

त्यसै गरी सोमबार एक कार्यक्रमका विच बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई समेत रु ५,००,०००।– आर्थिक सहयोग प्रदान गरेको जनाएको छ ।

उत्त कार्यकममा चेक हस्तान्तरण बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाज्यू बाट भएको समेत जनाएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १५ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्