यस्तो छ, कुनै युवतीले तपाईलाई मन पराए नपराएको थाहा पाउने तरिका


 


हरेक युवकको मनमा कुनै युवतीका लागि अलग स्थान हुने गर्दछ । उ उनलाई आफ्नो साथी बनाउने कोशिस गर्दछ । तर, कयौ पटक युवक आफ्नो मनको कुरा भन्न डराउँछन् । युवतीले कुनै संकेत दिए पनि युवकले बुझ्दैनन् । यहाँ त्यस्तै केही संकेतको बारेमा उल्लेख गरिएको छ–

तपाईका विषमा सचेत रहनु

यदि कुनै युवती तपाईलाई मन पराउछिन् भने उनी सधै तपाईप्रति सचेत रहने गर्दछन् । अर्थात तपाईको सर्टको धागोदेखि जुत्ताको लेससम्ममा उनले ध्यान दिने गर्दछिन् ।साथै तपाईसँग कुरा गर्ने बेला उनको स्वभावमा परिवर्तन आउनेछ । यदि तपाईलाई लाग्यो कि आजभोलि तपाईको हरेक कुरामा उनले ध्यान दिन थालिन् भने उनी तपाईको प्रेममा परिछन् भन्ने ठान्दा हुन्छ ।

 

तपाईका बारेमा जान्न चाहनु

जब कुनै युवतीले तपाईका विषयमा अधिक जान्ने वा जिज्ञासु हुन थाल्छन् तब सम्झनुस् कि उनको मनमा तपाईका बारेमा केही त हुर्कदैछ । उनले तपाईसँगको कुराकानीमा पनि तपाईको रुची, अरुची, तपाईको परिवार वा रोजगारीका विषयमा जान्न चाहन्छन् । यसको अर्थ हो उनी तपाईसँग जीवन बिताउन चाहन्छिन् ।

तपाईलाई साथ दिनु

युवतीहरुको प्रवृत्ति नै हुन्छ कि आफ्नो सम्भावित जोडीको प्रशंसा गरेर थाक्दैनन् । त्यसैले कुनै युवतीले तपाईको प्रशंसा गरिरहेका छन् वा तपाईको निर्णयमा साथ दिन थालेका छन् भने उनको मनमा तपाईका लागि अवश्य कुनै सफ्ट कर्नर छ भन्ने बुझन सकिन्छ । साथै यदि कसैले तपाईका विषयमा गलत बोल्दा त्यसको जवाफ दिन्छिन् भने पनि बुझ्नुस उनी तपाईलाई मन पराउँछिन् ।

बडी ल्याङ्ग्वेजमा परिवर्तन

जब कुनै युवती प्रेममा पर्दछन् तब उनीहरु आफ्नो कुनै पनि कुरा लुकाउन सक्दैनन् । उनीहरुको कुरा गराई र चालढाल सबैमा परिवर्तन आउँछ । यदि कुनै युवतीले तपाईलाई लगाचार हेरिरहन्छिन् वा तपाईका सामु कपाल मिलाउन थाल्छन् भने अर्थ स्पष्ट छ उनी तपाईको ध्यान आफूतिर तान्न खोजिरहेकी छन् । उनको आँखाको चमक पनि स्पष्ट देखिनेछ ।

 

जब उनमा इर्श्या हुन्छ

यदि तपाई कुनै युवतीले तपाईलाई मन पराउछिन् कि पराउँदिनन् भन्ने बुझ्न चाहनु हुन्छ भने उनीहरुका सामु अन्य युवतीको कुरा सुरु गर्नुस् । यदि त्यसबाट उनीहरु चिढिए वा इर्श्या गर्न थाले भने यसको अर्थ उनी तपाईको प्रेममा छिन् । उनी तपाईले उनकै विषयमा मात्र ध्यान देओस् भन्ने ठान्छन् ।

तपाईको सम्मान गर्नु

जब कुनै युवतीले तपाईलाई पहिलाभन्दा बढी सम्मान दिन थाले भने पनि उनको मनमा तपाई हुनुहुन्छ भन्ने बुझ्दा हुन्छ । अर्थात हरेक कामका विषयमा तपाईको राय लिनु र तपाईसँग हरेक विषयमा छलफल गर्नुको अर्थ उनी तपाईसँग समय व्यतित गर्न चाहन्छिन् भन्ने हो ।

आँखाले पनि बोल्छ मनको कुरा

यदि तपाई जान्न चाहनु हुन्छ कि कुनै युवती तपाईलाई मन पराउँछन् या पराउँदैनन्, त्यस्तो बेला उनको नजर पढ्नुस् । यदि उनी तपाईसँग आँखा जुधाइरहिछन् वा साथमा मुस्कुराउँछिन् भने त्यसको अर्थ उनी तपाईप्रति फिदा छिन् । फेरि तपाई पनि तयार हुनुस् शायद यही नै हो प्रेम ।

कुरैकुरामा छुनु

यदि उनी कुरैकुरामा तपाईलाई छुन्छिन्, तपाईको हात समाउँछिन् भने पनि ठान्नुस् उनलाई तपाईले छुँदा पनि केही फरक पर्ने छैन । उनी यसो गरेर आफ्नो उपस्थिति देखाउन चाहन्छिन् । उनी देखाउन चाहन्छिन् कि उनी कुनै न कुनै प्रकार तपाईसँग जोडिएकी छन्।

कुरा गर्न तयार हुनु

जब कुनै युवती तपाईसँग धेरै कुरा गर्न लाग्छन् वा तपाईलाई पटकपटक म्यासेज गर्दछन् । तपाईलाई गुड मर्निङ, गुड नाइट आदि विश गर्छन र तपाईले जवाफ नदिँदा गुनासो गर्छन् भने ठान्नुस् युवती तपाईसँग कुरा गर्न चाहन्छिन् । यदि उनले आफ्नो समस्या बताए भने पनि सम्झनुस् ृउनको मनमा तपाईमा नजिक हुनुहुन्छ । एजेन्सी

प्रकाशित मिति: २७ चैत्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्