पूर्बान्चल बिश्वबिद्धालयले स्पिड लिएको छ, रोकिनुहुन्न


 


गोपी न्यौपाने
पुर्बान्चल बिश्विविद्यालयले पछिल्लो समयमा चौतर्फी सुधार गरेको छ । ८०५ बिगाह आफ्नै जग्गा भएको गोठगाउमा कृषि, बन, नर्सिङ लगायतका कार्यक्रमहरु संचालनमा आएका छ्न ।

परिक्षा प्रणालीमा व्यापक सुधार भएको छ । समयमा परिक्षा र समयमा रिजल्टको अभियान नै शुरु भएको छ । कोडिङ्ग डिकोडिङ्गका कामहरू सुरु भएका छ्न ।

रिजल्ट ग्रेडिङ्ग सिष्टममा परिणत भैसकेको छ, सफ्टवेयरको स्तरोन्नति गरिएको छ । यद्यपि सुधार गर्ने क्षत्रहरु बाकी पनि छ्न र सुधार कार्यलाई निरन्तरता दिन जरुरी छ ।

लामो समयदेखि रोकिएको सेवा आयोग सशक्त बनेको छ, अधिकांश कर्मचारीले यसको लाभ लिनुभएको छ । यसले निरास बनेको कर्मचारीलाई थोरै भएपनि उर्जा थपेको छ ।

पिएचडी कार्यक्रम शुरु भएको छ । माष्टर प्रोग्रामका लागि नयाँ–नयाँ कोर्सहरु तयार भएका छ्न, तालाबन्दी बन्द हडताल जस्ता कामहरू लगभग अन्त्य भएको छ ।

विद्यार्थी सङ्गठनहरु ले साथ सहयोग दिएका छन । केन्द्रिय कार्यालयलाई भौतिक पुर्बाधार सम्पन्न आधुनिकीकरण बनाइदैछ । भारत लगायत बिदेशका प्रतिष्ठित बिश्वविद्यालयहरु सँग भएका छन ।

कुनै बेला पुर्बान्चल बिश्वविद्यालय भनेपछि नाक खुम्च्याउनु पर्ने अबस्था थियो, अहिले विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।

कलेजहरुले भौतिक पुर्बाधार, ल्याब, लाइब्रेरी, फ्याकल्टिज आदिमा व्यापक सुधार गरेका छ्न ।

अब पुर्बान्चलबासिहरुको एउटै चाहाना छस् गोठगाउमा मेडिकल कलेज बनोस । मेडिकल कलेजको सम्पुर्ण पुर्बाधार बनिसक्दा पनि कहिले बिमारी भएनन, कहिले सानो सानो कुरा पुगेन भनेर अरु नजिकका निजि मेडिकल कलेजको प्रभावमा परि काउन्सिल ले आङ्गिक मेडिकल कलेजलाई रोक्नुहुन्न ।

बरु धरानको बिपि जस्तै यसलाई पनि पुर्बान्चलको गहनाको रुपमा बिकसित गर्नुपर्छ र समग्र शैक्षिक उन्नयनको लागि पुर्बान्चलका सबै खेमाका प्रबुद्व ब्यक्तिहरु एकजुट भएर लाग्नुपर्छ ।

बिशेषगरी प्रदेश सरकारको मुख्य प्राथमिकतामा पुर्बान्चलको मेडिकल कलेज पर्नुपर्छ, समृद्व नेपाल निर्माणका लागि शैक्षिक जनशक्ति अझ प्राबिधिक जनशक्ति उत्पादनमा जोड दिन सके १ नम्बर प्रदेशले आफ्नो छुट्टै पहिचान पनि बनाउन सक्छ ।

प्रकाशित मिति: १८ जेष्ठ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्