काँक्रोका १३ रोचक तथ्य, स्वास्थ्यमा आश्चर्यजनक फाइदा


 


काठमाडौं, जेठ १९
हामी काँक्रा खाने गर्छौं तर, त्यसको फाइदा कति छ भन्नेबारे धेरैलाई थाहा पनि हुँदैन । कांक्राका फाइदा यस्ता छन् ः
–काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ । जसले मानिसको शरीरमा पानी आपूर्ति गर्छ ।

– सूर्यको किरणद्वारा उत्पन्न हुने विकिरण राक्न काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् ।

– मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।

– काँक्रोमा भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

– पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।

– यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।

– काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

– रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ।

– मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

– यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

– काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।

– यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

– काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।

प्रकाशित मिति: १९ जेष्ठ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्