जहाँ अदालतमै नापियो अभियुक्तको लिङ्ग, यस्तो थियो उजुरी


 


एजेन्सी
अदालतको प्रमुख काम नै अभियुक्तको बयान लिने काम हो । तर, न्युजिल्याण्डमा यस्तो घटना भएको छ, जहाँ एक अभियुक्तको बयानसंगै लिङ्ग पनि नापिएको छ ।

पीडित महिलाले अभियुक्तको लिङ्गको आकारका बारेमा प्रस्तुत गरेको दाबी प्रमाणका आधारमा अभियुक्तको लिंग नापिएको हो । यस्तो अभियोग लागेका व्यक्ति वेलिङ्गटन नजिकैको कापिटी सहरका निर्वाचित काउन्सेलर डेभिड स्कट हुन् ।

गत वर्ष एक समारोहका दौरान काउन्सिलकै एक महिला कर्मचारीको पिठ्युँमा आफ्नो लिंग नियतबस दलेर यौन हिंसा गरेको अभियोग उनीमाथि लागेको छ ।

समारोह चलिरहेको बेला काउन्सेलरले नियतबस आफ्नो जिउको पछाडिको भागमा आफ्नो यौनांको भाग बेस्कन दलेको भन्दै ती महिला कर्मचारीले आफ्नो जिउमा दलिएको ती पुरुषको लिंगको आकार ४ देखि ५ इन्चसम्म लामो भएको दाबीसहित उजुरी हालेकी छन् ।

 

प्रकाशित मिति: २४ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्