कविता-बतास



बेदराज पौडेल

भुइकुहिरोलाई उडाउदै डाँडा डाँडा
हिडेको स्वीकार नै छ त ।
तर उनको याद बोकेर घरि घरि
मसंगै ठोक्कीन किन आउछस बतास ।

सिरसिर सिरसिर चलेर उनको केशरासीलाई
तै“लेनै हैन नागबेली बनाएर उडाएको ?
अनि उनको रातो पछ्यौरा
उडाउदै आएर मेरो अनुहार छोपेको ।

हो त्यहि बेलाको उनको मुस्कान,
भुल्न त म अन्तै मन डुलाउदै छु ।
घरि न घरि उनैकै याद बोकेर
तैले किन मेरो सामु हाजिर हुनु परो ?

अनि तलाई पनि त याद होलानी,
सिमसिम पानीसंगैको तेरो बेग ।
हो त्यहि बेग छल्न उनी र म
एउटै छातामुनि पहिलो पटक लजाएका थियौं ।
एक अर्कालाई त्यति नजिक पाएर ।

शैलुङ डाँडामा स्याँठ बनेर नै त हो
तैले हामी विचको दुरी क्रमस घटाउदै लगेको ।
अनि तेरै चिसोपनबाट जोगिन पहिलो पटक
भौतिक रुपमै जोडिन पुगेकाथ्यौं हामी ।

हो त्यहि यादहरु त
मनभरि खेलिरहन्छ र म टोलाउछु
हो उसैको यादमा त हो मैले टोलाउने ।
त्यहि भएर हो साथीभाइ
गउ, समाज भन्दा फरक भाको छु म ।

सक्छस भने मेरो मनबाटै
उनका यादहरु उडाएर उनीसंगै पु¥याइदे ।
होइन भने किन
घरि घरि उनकै यादहरु
भरिएको झोका लिएर ठोक्कीन आउछस ।

बुढासुब्बाको ठुटे बाँसमा
खोपेको नामहरु पनि
अब त अरुकै नामले थिचिसक्यो होला ।
अनि मन्दिरकै अघि
उनको नाममा बाधेको
डोरोपनि त अरुका डोराले पुरिए होला नि ।
तर यो याद चै घरि न घरि
तैले बोकेर ल्याउने के ठेक्कै लेको हो ?

कहिले नछुट्टिने बाचाहरु
आजकल म्यादी पो हुदारान ।
भुल्दिन, खबर पठाई रहन्छु है
भन्ने आवश्वसन त तल सेउती नतरुञ्जेल त रैछ ।

पहाडको नागवेलीमा बस चेढेर,
हात हल्लाउदै उनी शहर लाग्दा
त्यो बेला पनि त तँ
शिरशिर चलेर उनको केशराशीमा
बयली खेलेको होइनस् ।

स्वार्थीहरुको संसारमा
सायद त पनि स्वार्थी होस बतास ।
नत्र मलाइमात्र उनको
याद दिलाएर खियाउने काम किन गर्थिस र ।

मैले उनको पीडामा के के भने
त नरिसा ल बतास ।
उनी गएसी त र म त हौं नी मिल्ने साथी ।
बरु मलाई सुटुक्क भन्न ल
शहरमा उनलाई कस्तो छ ?

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
© 2018 Deshko News