किन पर्‍यो धमिलो पानी ? यस्तो रहेछ खास कारण


 


काठमाडौं, असार २
मौषम पूर्वानुमान महाशाखाले वायु प्रदुशषणका कारण धमिलो वर्षा भएको बताएको छ । राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा शुक्रबार साँझदेखि शनिबार विहानसम्म हिलोसहितको पानी परेको थियो ।

महाशाखाले शनिबार विज्ञप्ति जारी गर्दै पहेँलो धुलोसहित धमिलो पानी परेको उल्लेख गरेको छ । भारतको राजस्थान आसपास मरुभूमीमा केही दिनदेखि चलेको धुलोसहितको हुरीले धमिलो पानी परेको हो ।

महाशाखाको विज्ञप्तिमा शुक्रबार रातीबाट धमिलो वा पहेंलो रंगको हिलो मिसिएको पानी परेको देखिएको उल्लेख छ्र ।

राजस्थान आसपास मरुभूमीमा धुलोसहित हुरी चलिरहेको र पूर्वतिर सर्ने क्रम जारी रहेकाले अझै केही दिन मनसुन सक्रिय हुने अनुमान गरिएको छ ।

नेपालको वायुमण्डल तथा पानीमा अझै केही दिन धुलोको प्रभाव देखिने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २ असार २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्