नक्कली पावरबैंकबाट सावधान ! नक्कली र सक्कली यसरी थाहा पाउनुहोस्


 


काठमाडौं, असार ६
स्मार्टफोनको प्रयोग बढेसंगै ब्याट्रीको खपत पनि बढ्छ । यसका लागि पावरबैंंक आवश्यक पनि पर्छ । फोन चार्ज गर्ने यो एक विकल्प हो । तर, कैयौं पावरबक्स नक्कली पनि पर्न सक्छन् । नक्कली र सक्कली पावरबक्स यसरी चिन्नुहोस् ।

क्षमताको ख्याल गर्नुहोस्
पावरबैंक अर्थात पावरबैंंकको मुख्य विशेषता हो उसको ब्याट्रीको क्षमता । यो खरिद गर्दा प्रयोग गर्ने मोबाइलको ब्याट्रीको तीन गुणा बढी क्षमताको पावरबैंक लिनुहोस् ।

यूएसबी चार्जिङ
पावरबैंक खरिद गर्दा त्यसमा यूएसबी चार्जिङ छ कि छैन भन्ने विचार गर्नुपर्छ । बढीजस्तो पावरबैंंक यूएसबी हुनेगर्छ ।

मूल्य
ब्याट्रीसंगै पावरबैंकको मूल्यको पनि भूमिका हुन्छ । कुनै कम मूल्यका पावरबैंकमा बढी पावर हुन सक्छ । जसले गर्दा तपाईको मोबाइल नै खराब हुन सक्छ ।

गुणस्तर
पावरबैंकको गुणस्तर सबैभन्दा महत्वपूर्ण हुन्छ । कुनै पावरबैंकमा रिफर्बिस्ड ब्याट्री लगाइएको हुन्छ जसले शर्ट सर्किट, ओभर चार्जिङ प्रोटेक्शन जस्ता बेसिक फिचर हुँदैनन् ।

प्रकाशित मिति: ६ असार २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्