जापानको गुन्माकेनमा नेपाली युवाको मृत्यु


 


जापान, असार १०
पाँच वर्षअघि जापान गएक एक नेपाली युवाको निधन भएको छ । जापानको गुन्माकेनमा सिन्घुपाल्चोक सुनकोशी गाउँपालिका वार्ड नम्बर ६ का २५ वर्षीय सुरज थापाको मृत्यु भएको हो ।

थापा जापानमा सेन्मोन गाक्को सकेर अहिले वर्किन्ग भिषामा काम गरिरहेको बुझिएको छ । बेलुका कामबाट फर्की राम्रैसंग सुतेको उनी बिहान आछ्यानमै सुतेको अवस्थामा मृत फेला परेका थिए ।

सेन्मोन गाक्को सकेर भर्खर उनि वोर्किंग भिषा परिबर्तन गरि काममा लागेका थिए ।

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्