पथरीशनिश्चरेको एभरेष्टले गर्यो बोर्ड फष्टको दावी


 


मोरङ, असार १०

मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित एभरेष्ट अंग्रेजी आवसीय माविले आफ्नो स्कुलबाट एसईई दिएकी छात्रा समिता कार्की बोर्ड फष्ट भएको दाबी गरेको छ ।

एसईई परीक्षामा कार्कीले न्एब्(द्ध (जीपीए—४)मा पास भएकी छन् । स्कुलका निर्देशक रविन कन्दङ्वाले छात्रा कार्कीले एसईई बोर्ड फष्ट भएको दावी गरेका हुन् । एभरेष्ट स्कुलबाटै यस अघि छात्रा सलिना राईले २०६९ को एसएलसीमा ९२.७५ प्रतिशत अंक ल्याएर बोर्ड पाँचौ भएको थियो । त्यसैगरी एभरेष्ट स्कुलमा पढ्ने विद्यार्थीहरु दीक्षा न्यौपाने र बिबेक कोइरालाले ९०.५ र आस्मा पोख्रेलले ९० प्रतिशत अंक ल्याएर एसएलसी पास गरेका थिए ।

प्रकाशित मिति: १० असार २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्