धान दिवसमा आठ स्रष्टालाई सम्मान


 


नुवाकोट, असार १५

नुवाकोट साहित्य प्रतिष्ठानले विभिन्न विधामा सिर्जना गर्दै आएका आठ स्रष्टालाई आज सम्मान गरेको छ ।

राष्ट्रिय धान दिवसका अवसरमा हरेक वर्ष स्रष्टा सम्मान गर्दैै आएको प्रतिष्ठानले यस वर्ष ‘महामण्डल राष्ट्रिय साहित्य सम्मान’ काठमाडौँका हिरण्यकुमारी पाठक र नरेन्द्रबहादुर श्रेष्ठ तथा इलामका गंगाप्रसाद अधिकारी ‘खोलाघरे साइँलो’ लाई तथा ‘युगान्तर वर्ष पुरस्कार’ खोटाङका रक्ष राईलाई प्रदान गरेको छ । उहाँलाई जनही रु पाँच हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।

‘महामण्डल युवा साहित्य सम्मान’बाट मकवानपुरका कपिलदेव भट्टराई र दोलखाकी देवकी अभिलाषीलाई सम्मान गरियो । त्यस्तै ‘कमलादेवी गजुरेल तथा जगनिधी गजुरेल स्मृति साहित्य सम्मान’ दाङकी भवानी न्यौपानेलाई दिइयो ।

प्रा डा माधव भट्टराईले ती सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा प्रथम हुने लक्ष्मी सुवेदीलाई २५ हजारसहित ‘नरेन्द्र वाङ्मय सम्मान’ दिइयो ।

कार्यक्रमा यस वर्षको माध्यमिक शिक्षा परीक्षामा नुवाकोटबाट उत्कृष्ट भएका विद्यार्थीलाई जनही रु पाँच हजारसहित अर्किड एकेडेमीका सार्थक शाक्य र अभिषा ढकाललाई पुरस्कृत गरिएकोे प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले जानकारी दिनुभयो ।

प्रतिष्ठानले हरेक वर्ष असार १५ मा स्रष्टा सम्मानका साथ दहीचिउरा खाने कार्यक्रम गर्दै आएको प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा शिवसुन्दर पुडासैनी, गोपाल गजुरेल, कोमलप्रसाद नेपाल, मुकुन्दराज अर्याल, आशिक भट्ट, अञ्जु सापकोटा, गीता पुडासैनी, ठाकुर पुडासैनी, शम्भुप्रसाद शर्मालगायतले कविता वाचन गर्नुभएको थियो । रासस

प्रकाशित मिति: १५ असार २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्