यौवन र यौन अछुत नहुने !


 



रमा भट्टराई, कैलाली

यौवन र यौन अछुत नहुने
घरजम गर्न पानी नचल्ने
कस्तो सृष्टि गर्यौ ए बिधाता यी मान्छेलाई
आफू जस्तै अर्को मान्छे अछुत भन्छ ।

यो धर्ती किन अछुत छैन
आगनको डिल अछुत बस्दा
त्यही आगन बाट छुइदै गको
त्यही जमिनमा बनाको घर
त्यही जमिनमा गाडेको पानी धारो
कसरी छुइएन ?
अछुतले टेकेको धर्ति कसरी अछुत भएन ?

अछुतले कुँदेको तिम्रो देउता
बनाउनेले पुज्दा कसरी रुष्ट भयो ए मानव ?

प्रकाशित मिति: २६ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्