भोग गर्न मात्रै योनी !


 


रमा भट्टराई, कैलाली

भोग गर्न मात्रै योनी
सजिलै भोगिन्छ महिलाको शरीर
यहाँ महिलाले आफ्नो हरेक अंगमा
बाहिरै आफ्नो योनी झुन्डाएर हिडेकी हुन्छे
र निमन्त्रणा दिइरहेकी हुन्छे
आउ आउ लोग्ने मान्छेहरु
तिमीहरु मर्लाई भोग गर
मेरो योनी तिमीहरुर्लाई
भोक मेट्ने साधन हो ।।

मसंग यहि
एउटा योनी भएका कारण
कति कति यातनाको सिकार हुनु
बारम्बार बलात्कृत हुनु एकले मात्र हैन
समूहमा आएर बलात्कार गर्ने
त्यतिले नपुगे हत्या हुनु

यो समाजको एउटा पुरुष
तर, वास्तवमा उ पुरुष हैन
समाजको कुरुप हो
पुरुषको नामको कलंक हो
जस्ले आफू जन्मेको अस्तित्व बिर्सेर
एउटी महिलार्लाई मात्र
भोग हो मेरो सोच्छ ।।

खुट्टा टेक्न जानेकै हुदैनन् छोरीहरू
आफन्तबाट लुटिन्छ्न
अस्ताउन लागेका छन् बुढी आमाहरु
ओछ्यानमा लुटिन्छन्
कस्तो कहाँ देख्छन् कि
महिलाले आमन्त्रण गरेको
आउ मेरो शरीर तिम्रो हो
यस्लार्इ बलात्कार गर अनि
त्यतिले पनि चित्त नबुझे
यातना दिई दिई मार ।।

के साच्चै पाप हो महिलाको शरीर धारण गर्नु ?
महिला भएर जन्मिनु
हरेक घरमा घट्ने यातना
पनि कहिले काँहि
गएर आखिर त्यही
यौनमा टुंगिन्छ
मात्र महिला साधन हो
मात्र महिला योनी हो
उस्को भोग लगाइनुपर्छ ।।

प्रकाशित मिति: १५ श्रावण २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्