२०३० को विश्वकप फुटबल आयोजना गर्ने इंग्ल्यान्डको दाबी


 


एजेन्सी, साउन १७

इंग्ल्यान्डले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्नको लागि आफ्नो दाबी पेश गर्ने भएको छ । इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले सन् २०३० को विश्वकप फुटबल आयोजना गर्ने दाबी गरेको हो ।

१२ वर्षपछि हुने विश्वकप आयोजनाको लागि एफएले तयारी समेत सुरु गरिसकेको बीबीसीले उल्लेख गरेको छ । इंग्ल्यान्डले ठूलो प्रतियोगिताको रुपमा पछिल्लो पटक सन् १९९६ को युरोकप आयोजना गरेको थियो ।

इंग्ल्यान्डले विश्वकप भने सन् १९६६ मा पहिलो पटक आयोजना गरेको थियो । जुन विश्वकप फुटबलको उपाधि इंग्ल्यान्डले नै जित्न सफल भएको थियो । एफएका अध्यक्ष ग्रेग क्लार्कले विश्वकपको आयोजनाको लागि दाबी पेस गर्न सहमति भईसकेको बताएका छन् ।

प्रकाशित मिति: १७ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्