अशोक दर्जीको दोस्रो म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित )


 


चर्चित बालगायक अशोक दर्जीको दोस्रो गीत “झिलमा फुलु”को भिडियो प्रिमियर गरिएको छ । उर्लाबारीमा एक कार्यक्रमका बीच मेयर खड्ग फागोले ल्यापटपमा भिडियो क्लिक गर्दै प्रिमियर गरिएको हो । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै मेयर फागोले बाल प्रतिभाको पहिचान गराउन यस गीतले महत्वपूर्ण सहयोग पुर्याउने बताए ।

युवा मन नेपाल युवटुव च्यानबाट सार्वजनिक गरिएको भिडियोले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाईरहेको छ । कोशी भिजन फिल्मले निर्माण गरेको भिडियोमा गायक अशोक दर्जीका साथी भुइकठहरले उर्फ स्माईल धिमालले अभिनय गरेका छन् ।

हाल जापानमा रहेका गीतकार मन्जुल मितेरीले यस गीतलाई लेखेका हुन् । गीतकार मितेरीका अनुसार स्माईलको जिवनमा आधार रहेर गीतको रचना गरिएको हो ।

गीतको भावलाई भिडियोले अझ बलियो बनाएको निर्देशक सुमन योञ्जनले बताए । गीतमा बालकलाकार धिमालले शसक्त अभिनय गरेको भन्दै निर्देशक योञ्जनले खुलेर तारिफ गरेका छन् । टिकारामसँगै उनका प्रिन्सीपल दिपक न्यौपान, कौशीला राई लगायतले अभिनय गरेका छन् । यस गीतलाई छायांकार उज्जवल बल तामाङले खिचेका हुन् । भिडियो हेर्नुहोस् :

 

प्रकाशित मिति: १९ श्रावण २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्