लुटेराको गोलीबाट एक घाइते, लाखौँको लुटपाट


 


धनुषा, साउन २५

मिथिला नगरपालिका– ८ जमुनिबासमा गए राति अज्ञात समूहले लाखौँको लुटपाट गरेको छ । लुटेराको गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् ।

लुटेराको गोली लागेर स्थानीयवासी ३८ वर्षीय पुष्पलाल श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार बिहीबार राति डाँकाको समूहले श्रेष्ठको घरमा लुटपाट गर्नुका साथै उहाँँलाई गोली हानेको थियो ।

श्रेष्ठको तीघ्रामा गोली लागेको छ । उहाँलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको छ । लुटेराले श्रेष्ठको घरबाट सात तोला सुन, १५ तोला चाँदी र रु एक लाभन्दा बढी नगद लुटपाट गरेको छ ।

लुटपाटका क्रममा लुटेराको समूहले श्रेष्ठ परिवारका अन्य सदस्यलाई समेत कुटपिट गरेको वडा नं ८ का वडाध्यक्ष देवनारायण महतोले बताउनुभयो । प्रहरी घटनास्थल पुग्नु अगावै लुटेरा भागेको बताइएको छ । रासस

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्