रामप्रसाद राईलाई राष्ट्रिय विभुति घोषणाको माग


 


काठमाडौं, साउन २५

जन नायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको छ ।

जन नायक रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न माग गर्दै राम प्रसाद राई स्मृती प्रतिष्ठान र राम प्रसाद राई फाउण्डेशन नेपालको संयुक्त पहलमा विज्ञहरुको टोलीसहितले प्रधानमन्त्री ओलीलाई भेटी ज्ञापनपत्र बुझाएको हो ।

टोलीमा जन नायक राम प्रसाद राई प्रतिष्ठान अध्यक्ष तारा राई र फाउण्डेशन नेपाल अध्यक्ष शूस्मा राईले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउनुभयो ।

ज्ञापनपत्र बुझदै प्रधानमन्त्री ओलीले जन नायक राम प्रसाद राईका विषयमा आवश्यक परामर्श गरेर निर्णय गर्ने बताउनुभयो ।

यसैबीच यो टोलीले उपराष्ट्रपति नन्दकिशोर पुन लाई पनि ज्ञापन पत्र बुझाएको छ ।यसअघि तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) लाई फाउण्डेशनले ज्ञापनपत्र बुझाएको थियो ।

रामप्रसाद राईलाई राष्ट्रिय विभुती घोषणा गर्न लामो समयदेखि माग भएपनि हालसम्म सुनुवाई हुन सकेको छैन् । प्रधानमन्त्री केपी शर्मा ओली विभुती घोषणा गर्न सकारात्मक रहेका बुझिएको छ ।

प्रकाशित मिति: २५ श्रावण २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्