पाकिस्तानमाथि नेपालको ४–० को फराकिलो जित


 


काठमाण्डौ, साउन २७

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ ।
भुटानको थिम्पुमा गएराति भएको खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले सातौँ मिनेटमा पहिलो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् ।

सविताले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् ।

त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्काे गोल गर्न सफल भइन् । यो जितसँगै नेपालले समूहचरणमा महत्वपूर्ण ३ अङ्क जोडेको छ । अफगानिस्तान र मल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: २७ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्