तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा


 


ताप्लेजुङ, साउन २७

पूर्वी नेपालको समृद्धिको ढोका मानिएको तमोर करिडोर अन्तर्गत पर्ने तमोर नदीको पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ताप्लेजुङको ओलाङचुङगोला नाका हुँदै चीनसँग जोडिने नेपालकै सबैभन्दा छोटो राजमार्गमा रहेको तमोर नदीको पूल निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।

९ वर्ष अगाडि तत्कालीन सभामुख सुवासचन्द्र नेम्बाङले २०६६ सालमा शिलान्यास गरेर सम्झौता भए पनि ठेकेदार कम्पनिको लापरवाहीका कारण पुल बन्न सकेको थिएन । अहिले पुलमा फलाम जोडी रङ लगाउने काम पनि सकिएको ओलाङगोला लोकमार्ग आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार अब महिना दिन भित्र पुलमा गाडी गुडाउन सकिन्छ । १० करोड रूपैयाँको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा निर्माण सम्झौता भए पनि ठेकेदारले समयमा काम नगर्दा काम अलपत्र परेको थियो । दुई वर्ष अगाडी नै सम्पन्न हुने गरी कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग निर्माण सम्झौता गरेका थिए ।

प्रकाशित मिति: २७ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्