‘समृद्धिका लागि साझेदारी’


 


विराटनगर, साउन २७

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सरकारले समृद्धि र विकासका निम्ति निजी, सार्वजनिक र साझेदारी अवधारणा अवलम्वन गरेर अघि बढिरहेको बताउनुभएको छ ।

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित स्मृतिसभा तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले थोरै समयमा जनताको धेरै काम गरेको बताउनुभयो ।

उहाँले यस प्रदेशका १४ वटै जिल्लालाई दृष्टिगत गरी कार्यक्रम एवं योजनाहरु बजेटमा राखेको उल्लेख गर्दै सरकारले १८ वटा कानुन पारित गरेको जानकारी दिनुभयो । आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले यस प्रदेशमा कर्मचारी तथा सुरक्षाकर्मीको अभाव रहेर पनि जनहितका धेरै काम गर्न सफल भएको भन्दै प्रदेश सरकारले गरेका औपचारिक निर्णयहरु कार्यान्वयन हुनुपर्छ भन्नुभयो ।

कार्यक्रम सप्तकोशी एफएम इटहरी सुनसरीका कार्यरत सञ्चारकर्मी लीलाराज भट्टराई र सुनरी मधुवनस्थित जनता उच्च माविबाट एसइइ परीक्षामा उत्कृष्ट अङ्क ल्याउने नेहाकुमारी गुप्तालाई जनही रु ११ हजार १११ बाट पुरस्कृत एवं युवा उद्यमी मनोजविक्रम शाहा र शोभाना दुगडलाई सम्मान गरिएको थियो । रासस

प्रकाशित मिति: २७ श्रावण २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्