वाणिज्य बैंकमा जागिरको अवसर, कुन बैंकले कति कर्मचारी माग्यो ?


 


काठमाडौं, साउन २८
देशका विभिन्न तीनवटा वाणिज्य बैंकले कर्मचारी मागेको छ । नविल बैंक, ग्लोबल आईएमई बैंक र मेघा बैंकले विभिन्न पदका लागि कर्मचारी खोजेको हो ।

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लामा रहेका शाखा कार्यालयहरुका लागि ९८ जना कर्मचारी खोजेको छ । उसले म्यानेजर तहका लागि एक, अफिसर तहका लागि २३ र एसिस्टेन्ट तहका लागि ७४ जना कर्मचारीको माग गरेको छ ।

आवदेन दिनका लागि भदौ ६ गते अन्तिम मिति तोकेको छ । यस्तै, ग्लोबल आईएमई बैंक लिमिटेडले केही संख्यामा जुनियर अफिसर एसिस्टेन्ट तहका कर्मचारी माग गरेको छ । यो बैंकले कम्प्युटर साइन्स अथवा इन्जिनियरिङमा स्नातक गरेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।

जुनियर अफिसर तथा सिनियर एसिस्टेन्ट पदका लागि चार वर्ष र एसिस्टेन्ट तथा जुनियर एसिस्टेन्ट पदका लागि एक वर्षको अनुभव मागिएको छ । आवेदन दिने म्याद साउन २९ गतेसम्म रहेको छ ।

नविल बैंक लिमिटेडले १०० जना कर्मचारी माग गरेको छ । विभिन्न १० जिल्लाका १० गाउँपालिकाका लागि एक सय जना प्रशिक्षार्थी कर्मचारी माग गरेको हो ।

नविल बैंकले अछामको तुर्माखाँद र रामारोशन गाउँपालिका, बैतडीको पञ्चेश्वर, बझाङको विथ्थडचिर, डडेलधुराको अलिताल, डोटीको सायल, जुम्लाको तिला, कालिकोटको पाँचलझरना र पालता, सुर्खेतको बराह ताल, सल्यानको दर्मा, रुपन्देहीको साम्मरीमाइ गाउँपालिकाका लागि कर्मचारी माग गरेको छ ।

कक्षा १२ उत्तिर्ण पास गरेका र २५ वर्ष उमेर ननाघेका नेपाली नागरिकले उक्त पदका लागि आवदेन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद भदौ ६ गतेसम्म छ ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्