उर्लाबारी नगरपालिकाको प्रशासकीय अधिकृतमा कोइराला


 


मोरङ, साउन २८

मोरङको उर्लाबारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइराला आउनुभएको छ ।  ओखलढुङ्गा जिल्ला समन्वय समितिको कार्यालयबाट सरुवा भएर उहाँ उर्लाबारी नगरपालिका आउनुभएको हो । कोेइराला आज उर्लाबारी नगरपालिकामा हाजिर हुनभएको छ ।

उहाँलाई उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । २०६३ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गर्नुभएका कोइराला २०६८ सालमा आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव हुनुभएको थियो । विगतमा अछाम र रसुवाको स्थानीय विकास अधिकारी भइसक्नुभएका कोइरालाले धरान, जनकपुर र विरगञ्ज उपमहानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्