शिवालयमा मेयर फागोले गरे जलअर्पण


 


मोरङ, साउन २८

मोरङको उर्लाबारी–४ स्थित रामेश्वर शिवालय मन्दिरमा आज श्रद्धालु भक्तालुहरुले जलअर्पण गरेका छन् । अन्तिम साउने सोमबारको अवसरमा मन्दिर परिसरमा आयोजना गरिएको एक कार्यक्रमका बीच उनीहरुले जलअर्पण गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले समेत जलअर्पण गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न भजनकिर्तन मण्डलीहरुले भजनकिर्तन गर्नुका साथै नृत्य समेत प्रस्तुत गरेका थिए ।

मन्दिर व्यस्थापन समितिका अध्यक्ष डोमनाथ खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा सल्लाहकार गोपाल कटवालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्