जेब्रा क्रसिङको अनुगमन


 


मोरङ, साउन २८

ट्राफिक नियमसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले आज मोरङको उर्लाबारी नगरपालिकाले जेब्रा क्रसिङको अनुगमन गरेको छ ।  नगर प्रमुख खड्ग फागोले पैदल यात्रुहरुलाई जेब्रा क्रसिङको बारेमा सजग गराउनुभएको थियो ।

नगरपालिकाको पहल र सक्रियतामा नेपाल प्रहरी र नगर प्रहरीले यात्रुहरुलाई जेब्रा क्रसबाट हिँड्न सुझाव दिएका हुन् । यसरी सडक पार गर्दा दुर्घट्ना न्युनिकरण हुने र पीडितले न्याय र क्षतिपूर्ती पाउने नगर प्रमुख फागोले बताउनुभयो ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्